२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

उदयराज शर्माले ल्याए ‘पहाडकी रानी’

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते २०:२७
उदयराज शर्माले ल्याए ‘पहाडकी रानी’

काठमाडौं : नयाँ गीत ‘पहाडकी रानी’ सार्वजनिक भएको छ । उदयराज शर्माको शब्द, संगीत र स्वर रहेको ‘पहाडकी रानी’ बोलको गीतको म्युजिक भिडियो सिने सँगालो युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।

गीतले प्रकृति र नारीलाई समानरुपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । गीतमा ‘पहाडकी रानी’ भनेर पहाडको कुनै सुन्दर भूभाग र पहाडकी कुनै सुन्दरी युवती दुवैलाई एकैसाथ सम्बोधन गरेको देखीन्छ । पहाडका हरियालीलाई युवतीको पहिरनसँग तुलना गरेको देखिन्छ । गीतको रेकर्डिङ ए लेभल स्टुडियोमा भएको हो भने संगीत संयोजन सञ्जय हमालको रहेको छ ।

‘अहिले चार्डपर्व लक्षित थुपै्र सिर्जनाहरु बजारमा आएका छन् र दर्शकहरुले मन परााइरहनुभएको पनि छ, तर मैले कुनै विशेष अवसरलाई लक्षित नगरेर सबै ऋतु र समयमा सुन्न वा हेर्न मिल्ने गरी यो प्रस्तुति प्रस्तुत गर्ने कोशिस गरेको हुँ,’ शर्मा बताउँछन् ।

विष्णु ठकुरीको छायाँकन तथा निर्देशन रहेको गीतको भिडियोलाई उदयराज शर्माले नै सम्पादन गरेका हुन् भने सुजल श्रेष्ठको रंग संयोजन रहेको छ ।

म्युजिक भिडियोका निर्माता आर्यव शर्मा र आरध्या लक्ष्मी शर्मा रहेका छन् । भिडियोमा पूजा सोनी, उदयराज शर्मा र रवि अर्यालको अभिनय रहेको छ । डच मिडिया प्रा.लि. अनामनगरको प्राविधिक संयोजनमा यो गीत तयार पारिएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise