२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

नेपाल खेलकुद महासंघ अर्घाखाँचीको अध्यक्षमा पुनः बस्नेत

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ ७ गते १९:३४
Shares
नेपाल खेलकुद महासंघ अर्घाखाँचीको अध्यक्षमा पुनः बस्नेत

अर्घाखाँची : नेपाल खेलकुद महासंघ अर्घाखाँचीकाे तेस्राे जिल्ला अधिवेशन मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ । अधिवेशनको उद्घाटन नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव एवम् प्रदेश इन्चार्ज प्रविन अधिकारीले गरेका थिए ।

ncell

अधिवेशनले हेनरी बस्नेतको अध्यक्षतामा सर्वसम्मतरूपमा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे छ । जसकाे उपाध्यक्षमा लालबहादुर घर्ती मगर र देव बहादुर घर्ती, उप सचिवमा राजन पन्थी  र नारायण क्षेत्री, काेषाध्यक्षमा ममता जिसी तथा सदस्यहरूमा क्रमश: अरूण श्रेष्ठ, ओम प्रकाश श्रेष्ठ, कमला थापा, अशाेक आले मगर, कुलराज खनाल, प्रकाश घर्ती मगर, ढकाल पन्थी ,चन्द्र श्रेष्ठ, राजेन्द्र पन्थी, प्रस रास्काेटी, अनुज पाण्डे र चन्द्र पाण्डे चयन भएका छन् । सचिव भने पछि चयन गरिने बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सचिव अधिकारीले खेलकुदकाे माध्यमबाट युवाहरूलाई संगठित गर्नुपर्ने बताए । उनले खेल क्षेत्रमा अर्घाखाँचीकाे संगठनले गरेकाे अनुकरणीय काम र क्रियाशीलताकाे प्रशंसा गर्दै याे क्षेत्रमा सहयाेग पुर्‍याउने पार्टी नेतृत्वलाई धन्यवाद व्यक्त गे ।

कार्यक्रममा विशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले शुभकामना व्यक्त गर्दै यो संगठन पार्टीकाे भ्रातृ संगठन भएकाले पार्टीको पूर्ण साथ सहयाेग रहने बताए । 

कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु प्रसाद पाख्रेल, सचिव ताेज बहादुर रायमाझी, कार्यालय सचिव लिलबहादुर बि.क., खेलकुद महासंघ केन्द्रीय सदस्य जिल्ला इन्चार्ज विष्णु परियार, जिल्ला कमिटी सदस्य ऋषी पन्थी, फिराेज खनाल, लुम्बिनी प्रचार विभाग सदस्य नवीन केसीलगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर