२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार : मुख्यमन्त्री सोडारीले गरे ७ मन्त्री नियुक्त

ADV
सुनिल आउजी
२०८१ जेठ २८ गते २१:०४
सुदूरपश्चिम प्रदेश सरकार विस्तार : मुख्यमन्त्री सोडारीले गरे ७ मन्त्री नियुक्त

धनगढी : दुई महिना लामो समयपछि सुदूरपचिम प्रदेश सरकार विस्तार भएको छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले ११ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले करिब दुई महिना पुग्नै लाग्दा मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

सोडारीले थप ७ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्  । मुख्यमन्त्रीको सचिवालयका अनुसार एमालेका सुरेन्द्र बहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रालय र  उद्योग पर्यटन वन तथा वातावरण आफैँसँग राखेका छन् ।

यस्तै, एमालेका बीर बहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कल बहादुर रावल, लक्ष्मी वि.क र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस साथै  नवनियुक्त मन्त्रीहरुको  पद तथा गोपनियता सपत लिएका छन् ।  

मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए । तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका हुन् । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । स्वतन्त्र सांसद डा.तारा जोशीले भने लिएका छैनन् । उनलाई  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको थियो ।

स्वतन्त्र सांसदले गरे मन्त्री पद अस्वीकार

सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर जोशीले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

माओवादीका ५ सांसदद्वारा मन्त्री नियुक्ति रोक्न माग

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।

खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी वि.क को नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।

तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् । पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ती प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ । यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रमेश सिंह धामीले दलको बैठकबाट भागेर मन्त्रीको नाम सिफारिश गरिएपछि मन्त्री नियुक्त नगर्न माग गरिएको बताए । दलको बैठक स्थगित गरेर बाहिरबाट नाम पठाउनु संसदीय दलको विधि पद्धती विपरित भएको भन्दै उनले आपत्ति जनाएका हुन् । मुख्यमन्त्रीलाई मन्त्री नियुक्ती नगर्न माग गरिएको बताउँदै धामीले यिनै मन्त्री नियुक्ती भए सरकार नरहने दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise