२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अवैधरुपमा राखिएको मोविल नियन्त्रणमा

ADV
सन्तोष पौडेल
२०८१ भदौ १२ गते २१:३९
अवैधरुपमा राखिएको मोविल नियन्त्रणमा

बर्दिया : बर्दिया प्रहरीले बढैयाताल गाउँपालिकाबाट अवैधरुपमा गोदाम गरी राखिएको इन्जिन आयल(मोविल) नियन्त्रणमा लिएको छ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरबाट मोटर साइकलमा प्रयोग हुने इञ्जिन आयल  नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले सर्वो ४ टी, २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा इञ्जिन आयल फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा गोदाममा राखिएको मोविल वजार मूल्यका आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ । अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise