२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

निश्चल केसी बने फिफा अन्तर्राष्ट्रिय खेलाडी एजेन्ट

Nada
२०८१ भदौ १४ गते १८:१६
Shares
निश्चल केसी बने फिफा अन्तर्राष्ट्रिय खेलाडी एजेन्ट

काठमाडौं : लामो समयदेखि फुटबल क्षेत्रको विकासमा लागिपरेका फुटबल खेलाडी निश्चल केसी फिफा अन्तर्राष्ट्रिय खेलाडी एजेन्ट २०२४ लाइसेन्स पास भएका छन् । पोखरा महानगरपालिका वडा नं. ३२ गगन गौडाका स्थायी बासिन्दा निश्चल काठमाडौंको सितापाइलामा रहेर फुटबल क्षेत्रको विकासका लागि काम गरिरहेका छन् ।

ncell

फुटबल क्षेत्रको विकासकै लागि उनले खोज अनुसन्धान गर्दै अमेरिका, भारत, थाइल्याण्ड, मलेसिया, यूएईलगायत देशको भ्रमण गरेर अनुभव बटुलेका छन् ।

फिफा लाइसेन्स नहुँदा पनि उनको पहलमा नेपाली खेलाडीलाई यूएईको दुबई फुटबल क्लबमा अवसर सिर्जना गरिदिएका छन् भने विदेशी खेलाडीलाई नेपाली फुटबल क्लबहरुमा ल्याएर याहाँका क्लबका खेलाडीहरुको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मध्यान्ह दैनिकसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाली फुटबल क्षेत्रमा नयाँ आयाम देखिएको बताए । उनले फुटबल क्षेत्रको विकासका लागि विदेशी खेलाडीहरुलाई अवसर दिनुपर्ने बताए । उनले नेपाली खेलाडीहरु पनि विदेशका फुटबल क्लबहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्षम रहेको बताए ।

हाल उनी भारतको प्रख्यात क्लब मिनरवा क्लब पञ्जाबको अप्रेसन मेनेजरमा कार्यरत छन् । 

सम्बन्धित खबर