२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

ADV
पवन जायसवाल
२०८१ भदौ १५ गते २१:४६
राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

बाँके : नेपालगञ्जमा रहेको महेन्द्र पुस्तकालयले १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मुख्य नाराका साथ ¥यालीसहित शनिबार मनाइएको हो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ रानीतलाउमा रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको र्‍यालीमा विभिन्न नारासहित नेपालगञ्जका महेन्द्र नमूना माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, नारायण नमूना माध्यमिक विद्यालय र मंगल प्रसाद नमूना माध्यमिक विद्यालयका छात्र–छात्रा, महेन्द्र पुस्तकालयका पदाधिकारी, कर्मचारी आजीवन सदस्यहरुको सहभागितामा त्रिभुवन चौक, त्रिवेणीमोड, न्यूरोडस्थित भानुभक्त चोक हुँदै पुन पुस्तकालयमा पुगेको थियो ।

महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज–उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ब्यानर वाचन गरेर कार्यक्रमको विधिवत् रुपमा उद्घाटन गरेका थिए । प्रमुख विष्टले उद्घाटन गर्दै अहिलेको समयमा पुस्तकालमा गएर पढ्ने बानी कम भएको बताए । उनले भने, ‘मोबाइल एउटा साधन  मात्र हो, ज्ञान, शिक्षा प्राप्त मात्र पुस्तकालयबाट नै हुन्छ, कसैले आफुनो आमा बुबालाई हेपेर कहिले ठूलो मान्छे हुँदैन, आमा बुबाको सेवा गर्न कहिले बिर्सनु हुँदैन ।’   

पुस्तकालयका उपाध्यक्ष पंकज कुमार श्रेष्ठले कार्यक्रममा आएका पाहुनाहरुलाई स्वागत गरेका थिए । 

विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मोवाइलको कारणले गर्दा पढ्न, लेख्न संस्कृति हराएको बताए । उनले ज्ञान वृद्धिका लागि पुस्तकालयको आवश्यकता गर्ने बताए । विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले पुस्तकालयको बारेमा प्रकाश पारेका थिए । 

सो कार्यक्रममा वरिष्ठ कलाकार सुन्दरु गुरुङ, साहित्यकार चन्द्रवती अधिकारी, शिक्षिका पुष्पा भट्टराई, ब्रहम कुमार कृष्ण बहादुर रानाभाट, विद्यार्थीको तर्फबाट निराजन बुढा लगायतले रचनावाचन गरेका थिए । 

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, समाजसेवी तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिका संस्थापक विष्णुलाल कुमाल, जिल्ला हुलाक कार्यालय नेपालगञ्जका प्रमुख गोबिन्द प्रसाद पाण्डे, समाजसेवी सूर्यलाल यादव, प्रलेश बाँके अध्यक्ष पुष्पमणि प्रधान, भरत बहादुर रानाभाट र शिक्षाविद् जीत बहादुर शाह लगायतको सहभागिता रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise