२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लेखनवृत्ति पुरस्कारबाट ७ महिला पत्रकार पुरस्कृत

ADV
पवन जायसवाल
२०८१ भदौ १६ गते २१:४०
लेखनवृत्ति पुरस्कारबाट ७ महिला पत्रकार पुरस्कृत

बाँके : नेपाल प्रेस युनियन बाँकेले तिजको अवसरमा महिला पत्रकारहरुलाई लेखनवृत्ति पुरस्कार वितरण गरेको छ । महिला पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । 

नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधद्वारा सञ्चालित, नेपाल जडीबुटी व्यवसायी संघको सभाहलमा आयोजित नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति प्रिया ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल लगायतले लेखनवृत्ति पुरस्कारबाट सात जना महिला पत्रकारलाई पुरस्कृत गरिएको थियो । 

पुरस्कृत महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा सरला सुवेदी प्रथम, सावित्रा विश्वकर्मा दोस्रो र आरती कंटेल तेस्रो भएका छन् भने यसैगरी पत्रकार बिमला चौधरी, ममता थापा, साहिदा बानो र शिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । लेखनवृत्ति प्रतियोगितामा प्रथम हुने सरला सुवेदीले नगद ५ हजार रुपैयाँ, दोस्रो सावित्रा विश्वकर्माले ३ हजार रुपैयाँ, तेस्रो भएकी आरती कँटेललाई २ हजार रुपैयाँ र बिमला चौधरी, ममता थापा, साहिदा बानो र शिवानी विकलाई सान्त्वना पुरस्कार स्वरुप जनही १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

‘अपाङ महिलाहरुको तीजः चाडको रौनक भन्दा परेको संघर्ष’ शीर्षकको सरला सुवेदीले लेखेको फिचर स्टोरी प्रथम, ‘आर्थिक उन्नतिको सहयात्री बनिरहेका नारी’ शीर्षकमा सावित्रा विश्वकर्माले लेखेको फिचर स्टोरी दोस्रो र ‘तीज पर्वको परम्परागत मुल्य र आधुनिक प्रभाव’ शीर्षकमा आरती कँटेलले लेखेको लेख तेस्रो भएको थियो । 

महिलाहरुको महान पर्व तीजसँग सम्बन्धित विषयवस्तुका बारेमा महिला पत्रकारहरुले फिचर स्टोरी र लेखहरु तयारी गरेका थिए । 

महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताको निर्णायकको रुपमा तीन सदस्यीय छनोट समिति निर्माण गरिएको थियो । जसको संयोजकमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतम, छनोट समिति सदस्यमा नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार समूह बाँकेको कार्यवहाक अध्यक्ष सावित्री गिरी रहेकी थिइन् । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोनिडया, नेपाली कांग्रेस बाँके सह–सचिव रेनु सिंह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईं, बाँके उपाध्यक्ष करुणा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताएका थिए । 

उनले भने,‘पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरुलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको शुरुवात गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।’

आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सही समाचार पहिचान गरेर मात्र सम्प्रेषण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताए । 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि गत वर्ष सुरुवात गरिएको कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । 

कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष निशा शाहले तिजको अवसरमा आयोजना गरिएको लेखनवृत्ति प्रतियोगिताले महिला पत्रकारहरुमा नयाँ उत्साह जगाएको बताइन् । 

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise