२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मुस्लिम इत्तेहाद संगठन सुनसरीको अध्यक्षमा अन्सारी

Nada
इसत्याक अहमद
२०८१ भदौ १६ गते २२:०८
Shares
मुस्लिम इत्तेहाद संगठन सुनसरीको अध्यक्षमा अन्सारी

सुनसरी : मुस्लिम इत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । आइतबार भएको जिल्ला अधिवेशनले उपाध्यक्षमा मो. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिवमा नवाजुल सिद्दिकी (भोक्राहा) लाई चयन गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत चयन गरिएको छ । 

ncell

इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला इञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव तैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी र आबिद हुसेनको विशेष पहलमा आइतबार सहमति कायम गरिएको हो ।

नेपाल मुस्लिम इत्तेहाद संगठन नेकपा एमालेको भातृसंगठन हो । २०४८ सालमा नजीर मियाँको अध्यक्षतामा यसको स्थापना भएको थियो ।

सम्बन्धित खबर