२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ट्राफिक कार्यालय दोलखामा राजस्व संकलनमा कमी

ADV
राजकुमार भुजेल
२०८१ भदौ १८ गते २०:२७
ट्राफिक कार्यालय दोलखामा राजस्व संकलनमा कमी

दोलखा : जिल्ला ट्राफिक कार्यालयमा राजस्व संकलनमा कमी आएको छ । कार्यालयले अत्याधिक भार बोक्दै आएका तथा नियम उलंघन गर्ने साना ठूला सवारीसाधनलाई कारबाही गरे बापतको राजस्व संकलनमा कमि आएको हो ।  

कार्यालयको तथ्यांक अनुसार गत साउन १६ गते देखि हालसम्म ३ लाख ९७ हजार ५ सय राजस्व संकलन गरेको छ । यो गत महिनाहरुको तुलनामा घटेको छ । जिल्लामा टिभीआरएस प्रणाली सिस्टम लागु गरेसँगै राजस्व संकलनमा कमि आएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकमा उल्लेख भएअनुसार यो अवधिमा ३ सय ६७ वटा ठूला तथा साना सवारीसाधन कारबाहीमा परेका छन् । 

जसमा नियम उल्लघंन गर्नेमा धेरै दुई पांग्रे र चार पांग्रे सवारीसाधन रहेको ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए । उनका अनुसार राजस्व संकलन कमि आएसँगै ट्राफिक दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ । जसअन्तर्गत यो समयमा एउटा मोटरसाइकल सामान्य दुर्घटनामा परेको तथ्यांकमा देखिन्छ । जिल्लामा ट्राफिक प्रमुख भट्टराईको नेतृत्वमा खटेको ट्राफिक व्यवस्थापनमा भएको कडाइले राजस्व संकलनमा कमी र दुर्घटना न्यूनीकरण हुँदै गएको पाइन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise