२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बाल संरक्षण नक्सांकन निर्माण

ADV
पवन जायसवाल
२०८१ भदौ २१ गते २०:५४
बाल संरक्षण नक्सांकन निर्माण

बाँके : बाँकेको नेपालगञ्जमा एसओएस युवालयको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको संयुक्त बैठकले ‘बाल संरक्षण नक्साकंन  निर्माण’ गरेको छ ।

बालबालिकाको क्षेत्रमा लामो समयदेखि बाँके जिल्लामा कार्य गरी रहेका १५ भन्दा बढी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितमा भएको ‘बाल संरक्षण नक्साकंन निर्माण’ गर्ने बैठक एसओएस युवालय नेपागञ्जका निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपालगञ्जको सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा आयोजित बैठकमा बाल संरक्षणको महत्व र बाल संरक्षण नक्साकंनको विषयमा एसओएस युवालय नेपागञ्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले प्रस्तुती गरेका थिए । 

कार्यक्रममा सहभागी भएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्ना संघ संस्थाहरुले गरेका कार्यको प्रस्तुती गरेका थिए । 

विशेष कारणले संरक्षण गुमाएका वा गुमाउने अवस्थामा रहेका बालबालिकाहरुलाई एकद्वार प्रणालीमा ल्याइ आ–आफ्नो संघसंस्थाहरुले दिने सेवा एकीकृत ढंगले दिने वातावरण बनाइ दिन नेपालगञ्जउप–महानगरपालिका महिला तथा बालबालिका शाखालाई  अनुरोध गर्ने सहमति गरेको छ । 

यस्तो ‘बाल संरक्षण नक्साकंन निर्माण’मा उल्लेख भए बामेजिम कुन संस्थाले के–कस्तो सेवा दिन्छ, सोको सजिलोसँग जानकारी पाउने भएकोले यसको अत्यन्त आवश्यक रहेको अधिवक्ता बसन्त गौतमले बताए । 

यसैगरी जबरजस्ती करणी जस्ता परिस्थितबाट जन्मेका बालबालिको जन्मदर्तादेखि नागरिकताको ग्यारेन्टी हुनुपर्ने, भेरी अस्पतालका ओसीएमसी शाखाका प्रमुख अरबिन्द शाक्यले जोड दिए । 

यसरी बालबालिका जन्मजात अधिकारहरु हनन् हुनबाट रोक्न नेतृत्व लिएर अगाडि जान मानव अधिकार कार्यालयका अधिकृत सुप्रिया गुप्ताले विचार व्यक्त गरिन् ।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षक संघका उपाध्यक्ष तथा राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले शहरमा अर्काको घरमा काम गर्न राखेका बालबलिकाहरु बढी शोषणमा परेका र यिनीहरुको संरक्षणको लागि अभिभावकहरुलाई पनि बाल संरक्षणको अभिमुखीकरण आवश्यक रहेको कुरामा जोड दिएका थिए । 

यसैगरी बालबलिकाहरु बाल बिज्याँई गरेर बाल सुधार गृहमा आउने र त्यहाँ क्षमता भन्दा बढी बालबालिका राखेर  हेरचाह र सुधार गर्नुपर्ने भएकोले कानूनी परिणाम सम्बन्धी सचेतना जगाउनु आवश्यक रहेको बताए । 

सामाजिक विकास मञ्च बाँकेका प्रोजेक्ट अफिसर बृजेश ठाकुर, बाँके यूनेस्को क्लबका शंकर सिंह थारु, पश्चिम तारा नेपालका सुरज बहादुर गुरुङ, नेत्रहिन संघ बाँकेका भोला नाथ त्रिपाठी, फतिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, टिपिओ नेपाल बाँके शाखाका कर्णराज रिमाल र रुपा चौधरी, एसओएस युवालय नेपागञ्जका सह–निर्देशक मीना तुलाधर लगायतले बाल संरक्षणको लागि आ–आफ्नो धारणा र सुझाव राखेका थिए ।

बैठकको समापन गर्दे एसओएस युवालय नेपागञ्जका निर्देशक तुलाराम विश्वासले बाँके जिल्लामा बाल संरक्षणको लागि सरकारी निकायसँग सहकार्य गरी आवश्यकताको आधारमा बाल अधिकारको अभिमुखीकरण, संरक्षण र विकासमा एकद्धार प्रणालीबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise