२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कविता : तिजको लहर

ADV
२०८१ भदौ २२ गते ०६:१५
कविता : तिजको लहर

–अच्युतमान सिंह प्रधान ‘उत्सुक’

हिन्दु नारीहरूको महान् चाड हो, तिज ।
चिनिन्छ यसलाई ‘हरितालिका’ नामले पनि । 
बस्छिन् व्रत, विवाहिता अनि अविवाहिता नारीहरू । 
बस्छिन् व्रत, विवहिता नारीहरू,
आफ्नो पतिको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै । 
बस्छिन् व्रत अविवाहिता नारीहरू, 
आफ्नो उज्वल भविष्य अनि योग्य बर पाउने मनोकामना लिई । 
गाउँछिन् तिजमा, चेलीको वेदनाले भरिएको गीत ।
नाँच्छिन् तिजमा, आफ्नो दुःख पीडालाई एक दिन भुली ।
कति कठोर व्रत बस्छ्यौ नारी तिमी, 
अनि बस्छिन् निराधार व्रत दिन भर, 
भोकै पेट अनि पानीको एक थोपा मुखमा पनि नराखीकन । 
गर्छिन् आराधना भगवान् शिवको । 
सपरिवारको सुस्वास्थ्य र समृद्धिको लागि ।
कति महान् छ्यौ, नारी तिमी । 
अनि कोमल मन कि खानी हौ, नारी तिमी  ।   
सन्मान छ, सम्पूर्ण नारी जातीलाई दुई हात जोडी ।  
सम्पूर्ण नारीहरूलाई छ, तिजको हार्दिक शुभकामना !

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise