२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बदलिँदो तिज

ADV
२०८१ भदौ २३ गते ०६:१५
बदलिँदो तिज

–खगेन्द्र पौडेल

नेपाली समाजको एउटा वर्ग जो सधैँ अभावको जीवन बाँचेको थियो । केही प्रतिशत बाहेक अधिकांश मानिस गरिबीमै थियो । त्यसैलाई चाड पर्वको ठुलो महत्व थियो । त्यो समय तिजको लागि महिनौ पहिलेदेखि घर मुलीबाट केरा, घ्यू, चामल, तरकारी, अचार, लुगालगायतको चाँजोपाँजो मिलाउने गरिन्थ्यो । तीजमा ल्याएको कपडाको खर्च तिर्न हम्मे हम्मे हुन्थ्यो । दुई महिने झरीपछि केही राहत हुन्थ्यो घाम देखिँदा । 

तीजको दिनको लागि गाई भैँसीको चारा, घाँस अघिल्लो दिनदेखि काट्न सुरु गरिन्थ्यो । आमा, दिदी बहिनी, फुपूलगायत बर्त बसेका कारण घरको सबै काम घर मुलीबाट गर्नुपर्थ्यो । नेपाली गाउँले समाजमा प्रायः सबैको परिवारमा यस्तो हुने गर्दछ । महिलाहरू व्रत बस्ने, तिजमा रमाइलो गर्ने अनि पुरूषहरूले घरको काममा हात बट्याउने । जुन स्वाभाविक पनि हो । 

गाउँमा सबै जना भेला भएर रमाइलो गर्ने चलन थियो । सबै मिलेर गीत गाउने, नाच्ने गरिन्थ्यो । निकै बेग्लै रमाइलो हुन्थ्यो त्यो समय । साँच्चिकै त्यतिखेरको गीतहरूमा पनि हाम्रै भावना बग्थे । हाम्रै आवाज बहन्थे । तर, आज त्यस्तो छैन । सबै बदलिएको छ । गीत मात्रै तिज मनाउने शैली पनि पूरै फेरिएको छ । 

आज महिनाअघिदेखि नै तिजको दर खाने चलन बसेको छ । आज तिजमा महिलाको विषय चर्चा/परिचर्चा हुँदैन । के खाने, के लाउने भन्नेमा बढी केन्द्रित भएको छ । तिजको दर नै मासु र मदिरा भएको छ । साँच्चिकै भन्दा अहिलेको सहरी समाज निकै कुरुप बनेको छ । जहाँ हाम्रा संस्कृतिको धज्जी उडाइएको छ । 

हाम्रा चाडपर्वहरू निकै उपभोक्तावादी संस्कृतिको प्रभावले गलित भएका छन् । आज गरगहना, कपडा, खानपिनमा अनावश्यक प्रतिस्पर्धा चल्दा कतिपय परिवार विखण्डितसमेत भएका छन् । आज तीजको महत्व घटेर गएको छ । सायद, यो पश्चिमा संस्कृतिको सिकार भएर नै होला तर, कारक तत्व यहाँभित्रको विकृति नै हो । 

हाम्रो चाड मनाउने परम्परा हाम्रो माटो सुहाउँदो मात्रै छैन, कतिपय विषय चिकित्सा विज्ञानसँग पनि जोडिएका छन् । वर्त बस्नु, दत्तीवल चपाउने, नाचेर तथा गाएर मनको पीडा घटाउनु पनि स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । टन्न मासु र रक्सी खाएर बर्त बसेको र दिनभरि फलफूल र दूध खाएर काम नगर्ने भनेको खासमा कुनै पनि कोणबाट अनुकूलित होइन । स्वास्थ्य विज्ञानले पनि यसलाई सही मान्दैन । अझ, महिनौँदेखि होटेल तथा रेष्टुरेन्टमा गएर रमाइलो गर्नु र पश्चिमी संस्कृति झल्काउने गीत संगीतमा नाँच्नु सही होइन । यसले हाम्रो समाजलाई भाँड्नेभन्दा बाहेक केही काम गर्दैन । विडम्बनाको विषय नै मान्नुपर्छ, यसले हामीलाई कहाँ पुर्‍याउला ? 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise