
हिन्दू धमालम्बीहरुको पात्रो अनुसार चान्द्रमास अनुसार महिनाको ११औँ दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा २ वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । मूलतः एकादशी मध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो ।
यसरी हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । यसरी हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । यसको साथसाथै बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भत्रे अर्थ हुन्छ । हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ ।
खासगरी एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ । त्यस्तै महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन् । यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको छ । यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ ।
हिन्दू देश नेपालमा वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । त्यस्तैगरी प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास अर्थात पुरुषोत्तम महिना पर्छ । त्यतिबेला भने दुइटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा जम्मा जम्मी २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आ–आफ्नो अलग नाम र परिचय छ भने सबैको भित्राभित्रै व्रत उपवासको फल तोकिएको पाइन्छ । त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो ।
यस वर्षको कार्तिक १५ गते शनिबारका दिन यो एकादशी पर्न आएको छ । सो दिन तुलसीको विवाह गर्ने एकादशी पनि भनिन्छ यस दिनलाई । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । यसमा भन्ने नै हो भने दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशीतिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ ।
यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ । फलतः शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । जुन कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलतः फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ ।
यसमा पनि कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । यसलाई ठूली एकादशीको रूपमा पनि मात्रे गरिन्छ । ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।
यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पत्र गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ । संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नामसंकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसत्र हुने गर्नुहुन्छ । जसमा विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन् ।
यसरी पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जपतप, स्नानदान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन ।
समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ । विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन । यसमा वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवान्सरह प्रसत्रता प्राप्त हुन्छ । यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ ।
यसमा वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । जुन काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । यसरी नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बत्रे हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशीव्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ ।
यस व्रतको प्रभावले कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । यसर्थ चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । जुन तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । यसमा कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदयभैmँँ महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । यसर्थ हरिबोधिनीमा सो तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्संग विवाह गराइन्छ । यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ ।