२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

क्यान्सर पीडित परियारद्वारा सहयोगको याचना

shivam cement
प्रचण्ड खत्री
२०८२ कार्तिक २२ गते १९:३०
Shares
क्यान्सर पीडित परियारद्वारा सहयोगको याचना

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट–९ का २१ वर्षीय कर्णबहादुर परियार क्यान्सर रोगबाट ग्रस्त छन् । उनले उपचारका लागि भएको सम्पत्ति सबै बेचिसकेका छन् । अहिले उनको नाममा नागरिकता बाहेक अरू कुनै सम्पत्ति छैन ।

उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतार पुगेको ६ महिनाभित्रै मेडिकल जाँचमा क्यान्सर पत्ता लागेपछि कम्पनीले नै उनलाई नेपाल फिर्ता पठाइदिएको उनका फुपाजु हेमराज परियारले जानकारी दिए ।

अहिले कर्णबहादुर भरतपुर क्यान्सर अस्पताल, चितवनमा उपचाररत छन् । चिकित्सकको सल्लाहअनुसार उपचारका लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान रहेको उनका दाइ कमल परियारले जानकारी दिए ।

क्यान्सर पीडित परियारले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेले कर्ण बहादुर परियारको ९७०७९२०२४० नम्बरमा सम्पर्क गर्न अथवा प्रभु बैंकको खाता नम्बर २९६०२३०४५६४०००१० मा सहयोग गर्न सकिनेछ ।

सम्बन्धित खबर