२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

सांसद अन्सारीले दले आफ्नै अनुहारमा कालो मोसो, मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने

shivam cement
२०८२ कार्तिक २२ गते १७:०३
Shares
सांसद अन्सारीले दले आफ्नै अनुहारमा कालो मोसो, मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने

काठमाडौं : मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् । प्रदेशसभाको बैठक चलिरहेका बेला  सांसद अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् ।  उनले दल र नेताहरू अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।

प्रदेश सभाको शनिबारको बैठकमा प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।

सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताए । 

ADV

सम्बन्धित खबर