
काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् । आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।