२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एनआरएनए मलेसियाको अध्यक्षमा महतो

ADV
तिलोचन गौतम
२०८१ भदौ २२ गते २२:०५
एनआरएनए मलेसियाको अध्यक्षमा महतो

मलेसिया : गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्का नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा सन् २०२३–२५ कार्यकालका लागि अघिल्लो १ वर्ष थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति भएको थियो । 

सोही सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी कार्यकालका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । शनिबार एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो ।

महतोलाई एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले शपथ ग्रहण गराएका छन् । नवनियुक्त अध्यक्ष महतोले गैरआवासीय नेपाली अभियानलाई अझ सशक्त बनाउनुका साथै मलेसियामा रहेका नेपाली श्रमिकमहरुको हकहित तथा सुरक्षाका लागि काम गर्ने बताएका छन् ।

तत्कालीन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र हस्तान्तरण गरेपछि कार्यसमितिको बहुमतले निर्णय गरेर महतोलाई अध्यक्ष बनाएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise