२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

त्रिकोणात्मक ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिस्पर्धी क्यानडा

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १२:०२
त्रिकोणात्मक ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिस्पर्धी क्यानडा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुने छ ।

क्यानले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । उक्त खेल भदौ ३१ गते हुने छ । यस्तै नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ ।

तेस्रो खेलमा नेपालले असोज ६ गते क्यानडाको सामना गर्नेछ भने चौथो तथा अन्तिम खेलमा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सबै खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ ।

ओडीआई सिरिज सकिएको २ दिनपछि तीन वटै टोलीबीच टी-२० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ । टी-२० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

लिग टुअन्तर्गतको पहिलो सिरिज भने काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार व्यहोरेको नेपालले नेदरल्यान्ड्ससँग एक खेलमा जित र एक खेलमा पराजयको नतिजा निकालेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise