२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १२:०३
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउनेछन् । 

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise