२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शेयर बजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

Nada
२०८१ भदौ २५ गते १५:५८
Shares
शेयर बजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।

ncell

आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अङ्कले घटेको छ ।

आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरे घट्नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ८२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर