२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १५:१९
विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

काठमाडौँ : नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-२ मा प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपालले खेल्ने सबै खेलहरू प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा शुरु हुनेछन् ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ ।

लिग-२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् ।

नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग-२ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise