२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

मोरङको कञ्चनबारीमा एनआईएमबीको शाखा विस्तार

मध्यान्ह
२०८१ भदौ २७ गते २०:४४
मोरङको कञ्चनबारीमा एनआईएमबीको शाखा विस्तार

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो ।

यो शाखासहित बैंकको शाखा संख्या दुई सय ७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु शुरु भएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर