२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कर छली र चुहावट रोक्न विभागलाई अर्थमन्त्रीको निर्देशन

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते २०:१०
कर छली र चुहावट रोक्न विभागलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने र प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए । 

उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यावसायिक संगठन तथा कार्य विशिष्टकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए ।  

कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्नका लागि कर्मचारीलाई निर्देशन दिए । चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise