२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भिमेश्वरका मिर्गौला पीडित केसीलाई झण्डै डेढ लाख सहयोग

Nada
राजकुमार भुजेल
२०८१ जेठ ३० गते २१:३४
Shares
भिमेश्वरका मिर्गौला पीडित केसीलाई झण्डै डेढ लाख सहयोग

दोलखा : भिमेश्वर नगरपालिकाका मिर्गौला पीडित सञ्जिव केसीलाई झण्डै डेढ लाख आर्थिक सहयोग जुटेको छ । जिल्लाको भिमेश्वर नगरपालिका – ७ टाडीका २५ वर्षीय केसीलाई १ लाख ३८ हजार दुई सय रुपैयाँ सहयोग जुटेको हो ।

ncell

सोही वडा उखुबारी निवासी सामाजिक अभियन्ता निरज बस्नेतले शुरु गरेको ‘दुवै मिर्गौला पीडित सञ्जिव केसी बचाउन अभियान’बाट उठेको उक्त रकम बुधबार केसीकै निवासमा पुगेर हस्तान्तरण गरिएको छ ।

हस्तान्तरणका क्रममा सामाजिक अभियन्ता बस्नेत, राजन बस्नेत, सामजिक व्यक्तित्व रत्न बहादुर केसी,नारायण ठकुरी, वडाका कार्यवहाक वडा अध्यक्ष खेम कुमारी श्रेष्ठ, ९ की वडा सदस्य किरण ओली, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका प्रवक्ता जयराम खड्का लगायतको टोलीसहित केसीको घरमा स्थानीय पुगेका थिए।  

पीडित सञ्जिवकी आमा जुना केसीले छोराको उपचारको लागि आफ्नै एउटा मिर्गौला दिएर पनि थप उपचारको लागि पैसा अभाव हुँदै गएको बताइन् । आफ्नो एउटा मिर्गौला छोरालाई दिएपनि छोरालाई समय–समयमा मिर्गौला प्लाजामा डायलासिस गर्नुपर्ने भएको बताइन् । अभियन्ता निरज बस्नेतले आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै मिर्गौला पीडित सञ्जिवलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे । पीडित केसीको श्रीमती र एक छोरा रहेका छन् । 

ताजा खबर

सम्बन्धित खबर