२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राजपुरमा मनाइयो संविधान दिवस

ADV
इसत्याक अहमद
२०८१ असोज ३ गते २१:१७
राजपुरमा मनाइयो संविधान दिवस

रौतहट : रौतहट राजपुर नगरपालिकामा भव्य रुपमा संविधान दिवस मनाइएको छ ।  

नगर उपप्रमुख  जमिला असगरीको विशेष आतिथ्यता तथा वडा नं. १ देखि ९ वडाका  वडाध्यक्ष र  नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद खुर्सिद आलम, कार्यपालिका सदस्य, वडा सदस्य, जिल्ला समन्वय समितिका सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा दिवस मनाइएको हो । 

कार्यक्रममा नगर उपप्रमुख असगरीले मन्तव्य राख्दै नगरवासी तथा सम्पूर्ण देशवासीमा  संविधान दिवसको शुभकामना व्यक्त गरेकी थिइन् । सो अवसरमा शहीदहरुप्रति उच्च सम्मानसहित फूलमाला अर्पण गरिएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise