२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

draupadi film
सन्तोष पौडेल
२०८१ जेठ ३१ गते १२:१७
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बर्दिया : जबरजस्ती करणी गरेको आरोपमा बर्दियामा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं. १ का ४० वर्षीय राकेश कुमार बञ्जारा रहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतिरहेको अवस्थामा मंगलबार राति २ बजे सोही ठाउँकी २३ वर्षीया विवाहित महिलाको कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप बञ्जारामाथि रहेको प्रहरीले जनाएको छ ।

पीडित पक्षले बुधबार प्रहरी चौकी खैरापुरमा दिएको जानकारीका आधारमा तत्कालै खटिएको प्रहरी टोलीले बञ्जारालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise