२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाली साझा मञ्च साउदीका उपाध्यक्ष बिक महावाणिज्यदूतावासद्वारा सम्मानित 

ADV
अन्जान गुभाजु
२०८१ असोज ५ गते १३:३६
नेपाली साझा मञ्च साउदीका उपाध्यक्ष बिक महावाणिज्यदूतावासद्वारा सम्मानित 

साउदी अरब : साउदी अरबको जेद्दास्थित महावाणिज्यदूतावासले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली साझा मञ्च साउदीका उपाध्यक्ष तेज बहादुर बिकलाई सम्मान गरेको छ । 

नेपाली श्रमिकहरूको समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, श्रमिकहरूको उद्धार, सहयोग, आवास व्यवस्थापन, साथै उनीहरूको हकहितको लागि निरन्तर योगदान गरेको भन्दै महावाणिज्यदूतावासले उनलाई सम्मान गरेको हो ।

सम्मानपत्रमा महावाणिज्यदूत शत्रुधन सिंह पोखरेलले श्रमिक समुदायको हितका लागि गरिएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै सेवाभाव निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

यो सम्मानले श्रमिकको हितमा बिकले गरेको योगदानलाई कदर गर्नुका साथै नेपाली श्रमिकहरूबीच सकारात्मक ऊर्जा र उत्साहको सञ्चार भएको छ । 

शुक्रवार नेपाली राजदूतावासले रियाद र जेद्वा, महावाणिज्यदूतावासले जेद्वामा छुट्टाछुटै समारोह गरी साउदीमा सकृय संघ संस्था र व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise