२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनपीएल अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला

ADV
मध्यान्ह
२०८१ असोज ५ गते १४:२८
एनपीएल अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिन चाहने  खेलाडीको लागी दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको जानकारी गराएको हो ।

अक्सनमा सहभागी हुने खेलाडीलाई ए बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ । खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।

ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठाबाट नाम छानिनेछ । 

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठाबाट नाम छानिनेछ । 

त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । एकभन्दा धेरै बोली लागेको  खण्डमा यसमा पनि चिठ्ठाबाटै छानिनेछ । 

क्यानका अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise