२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

साउदी अरबमा नेपाली कामदार ठगीको शिकार, सबैलाई सचेत रहन आग्रह

ADV
अन्जान गुभाजु
२०८१ असोज ५ गते २१:५५
साउदी अरबमा नेपाली कामदार ठगीको शिकार, सबैलाई सचेत रहन आग्रह

साउदी अरेबिया : साउदीको पूर्वी क्षेत्र दम्माममा कार्यरत एक जना नेपाली नागरिक ठगीको शिकार भएका छन् । 

इमोमा चिनजान भएको एक बङ्गाली व्यक्तिले उनलाई थाइ लटरीमा ४० हजार रियाल परेको भन्दै सो रकम निकाल्नका लागि ८ सय रियाल पठाउनुपर्ने झुटो जानकारी दिएका थिए । पीडितले उक्त रकम पठाएपछि फेरि ४ सय रियाल थप मागियो, जसलाई उनले साथीहरूबाट सापटी लिएर पठाए । तर, पैसा पठाएपछि ती बङ्गाली व्यक्तिले इमोमा ब्लक गरेपछि मात्र उनलाई ठगिएको थाहा भयो । 

पीडितले यस घटनाबारे पहिल्यै सतर्कता चेतावनी पाए पनि दुर्भाग्यवश ध्यान नदिँदा आफ्नो दशैं खर्चको लागि जम्मा गरेको रकम गुमाउनुपर्‍यो । यो घटनाले पुनः प्रमाणित गर्छ कि साउदीमा नेपाली नागरिकहरू विभिन्न किसिमका ठगीमा फसिरहेका छन् । 

साउदीमा कार्यरत नेपालीहरूलाई यस्ता प्रलोभनमा नफस्न र ठगीबाट सचेत रहन अनुरोध गरिन्छ । अरू नेपाली दाजुभाइ दिदीबहिनीहरूले यस घटनाबाट पाठ सिकेर यस्ता ठगीका जालहरूबाट आफूलाई जोगाउनुपर्ने देखिन्छ । साउदीमा नेपाली कामदारहरू विभिन्न माध्यमबाट ठगिँदै आएका छन्, त्यसैले सचेत रहनुअति आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise