२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

नेपालले आज ओमानसँग खेल्दै

ADV
मध्यान्ह
२०८१ असोज ८ गते ११:४८
नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पाैने ९ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने छ ।

यस सिरिजमा नेपालले तीन खेलमा हार व्यहोरिसकेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार व्यहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा पनि हार व्यहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कूल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार व्यहोरेको छ ।

यो सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

यो सिरिज सकेर नेपाल लिग-२ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise