२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

नेपाल र ओमानविरुद्धको खेल रद्द

ADV
मध्यान्ह
२०८१ असोज ९ गते ०७:४३
नेपाल र ओमानविरुद्धको खेल रद्द

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अंक बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल आठ खेलमपछि तीन अंकका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अंकका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खला खेल्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise