२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

नेपालको एकदिवसीय वरीयता खस्कियो

ADV
मध्यान्ह
२०८१ असोज ९ गते २०:५०
नेपालको एकदिवसीय वरीयता खस्कियो

काठमाडौं : अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीको नयाँ वरीयताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६औं स्थानमा थियो । क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो । 

नेपालभन्दा तल नामिबिया १८औं स्थानमा छ भने ओमान १९औं स्थानमा छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) २०औं स्थानमा छ । यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ । अमेरिकाले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । क्यानडाले चार स्थान सुधार गर्दै १५औं स्थानमा पुग्यो ।

नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । त्यसैगरी पाकिस्तान चौथो, न्यूजील्याण्ड पाँचौँ, श्रीलंका छैटौँ, इंग्ल्याण्ड सातौँ, बंगलादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशौँ स्थानमा छ । स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्याण्ड्स चौधौँ स्थानमा छ । 

त्यसैगरी आईसीसीले जारी गरेको ‘अलराउन्डर’तर्फको वरीयतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औं स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औं स्थानमा उक्लिएका छन् ।

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औं, कुशल मल्ल ५१औं तथा सोमपाल कामी ५३औं स्थानमा छन् । आईसीसीले जारी गरेको बलिङतर्फको वरीयतामा भने सन्दीप ४८औं स्थानमा यथावत रहेका छन् । करणले चार स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फको वरीयतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा पुगेका छन् । यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औं स्थानमा रहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise