काठमाडौं : साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका घोषणा गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले असोज ३ गतेदेखि शुरुहुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेका हुन् ।
काठमाडौंमा हुन लागेको साफ यू १८ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम २३ मा गोलकिपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन् । पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षण पछि आज सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकिपरमा विशला सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् ।
डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन छन् ।
मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा । फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies