२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

कोशी ब्यारेज बस दुर्घटनाः सबै यात्रु सकुशल, चालक प्रहरी नियन्त्रणमा

shivam cement
पिन्टु यादव
२०८१ असोज १० गते २२:५७
कोशी ब्यारेज बस दुर्घटनाः सबै यात्रु सकुशल, चालक प्रहरी नियन्त्रणमा

सप्तरी : सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा बस दुर्घटना भएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको ना १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बिहीबार साँझ अनियन्त्रित भइ कोशी ब्यारेजको ३४ र ३६  नम्बर ढोकानको बीचमा खसेको थियो । बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।  बसका चालक सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

बसमा २६ जना सवार रहेका थिए । जसमध्ये १३ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

घाइतेहरु सप्तरी, उदयपुर र मोरङ जिल्लाको विभिन्न ठाउँमा बस्ने वृद्धदेखि तीन वर्षीया बालिकासम्म रहेका छन् । स्थानीय र प्रहरीको संयुक्त प्रयासमा सबैजनाको सकुशल उद्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सप्तरी जिल्ला कंचनरुप नगरपालिका–१ बस्ने २० वर्षीय मौसम श्रेष्ठ, बलान बिहुल गाउँपालिका–३ बस्ने २८ वर्षीय सुलेन्द्र राम, हनुमाननगर कंकालिनी नगरपालिका–४ बस्ने भोला प्रसाद साह, रुपनी गाउँपालिका–२ बस्ने २७ वर्षीया सरिता खातुन, सुरुङा नगरपालिका–५ बस्ने १५ वर्षीया रोकया खातुन, सोही ठाउँकी २५ वर्षीया रबिना खातुन, उनका छोरीहरु ८ वर्षीया दलिना खातुन र ३ वर्षीया उमेरा खातुन रहेकी छन् । 

त्यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका–१ बस्ने ३८ वर्षीया अर्चना कुमारी शर्मा, वडा नम्बर–२ बस्ने ७० वर्षीय हर्कबहादुर कटुवाल, मोरङ  सुन्दरहरैचा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिलिप चौधरी, ३४ वर्षीया अनिता चौधरी, उनकी २ वर्षीया छोरी सुजाता चौधरी घाइते भएकी छन् । हातखुट्टा र टाउकोमा चोटपटक लागेका उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise