२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

दुःखले खाडी जान लागेकालाई भाषामा ५० प्रतिशत उतिर्णांक !

Nada
२०८१ असोज १३ गते ०६:५०
Shares
दुःखले खाडी जान लागेकालाई भाषामा ५० प्रतिशत उतिर्णांक !

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारको भाषाको दक्षता राम्रो पक्ष मानिन्छ । तर विद्यालयस्तरको पढाइ उत्तीर्ण गर्न ३३ प्रतिशत नम्बर ल्याउन नसकेर अनुत्तीर्ण भइ सिकर्मी, डकर्मी, प्लम्बरलगायत काममा वैदेशिक रोजगारमा जाने कामदारमाथि ५० अंकको भाषा परीक्षा अनिवार्य उत्तीर्णको सर्त राख्दा त्यसले कामदारमाथि आर्थिक भार, मनोवैज्ञानिक दबाब सिर्जना गर्ने आंकलन गरिएको छ । 

ncell

यसअघि प्रमुख गन्तव्य मुलुक साउदी अरेबिया जाने नेपाली श्रमिकको भिसा प्रक्रियामा बायोमेट्रिक र अंग्रेजी भाषा परीक्षा अनिवार्य भनिएपछि चर्को विरोध भएको थियो । नेपालबाट सामान्य साक्षर कामदार वैदेशिक रोजगारमा गइरहेको अवस्थामा अंग्रेजी भाषा उत्तीर्णलाई मात्रै श्रम स्वीकृति दिने निर्णयले वैदेशिक रोजगारलाई निरूत्साहित गराउने कतिपयको भनाइ छ ।

सम्बन्धित खबर