काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा शनिबार बिहान सवा ६ बजे दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लगातार तीन जित निकालेर सुपर-८ मा स्थान पक्का गरिसकेको दक्षिण अफ्रिकाविरूद्ध नेपाललाई जित्नै पर्ने दबाब छ ।
नेपाल अंक तालिकामा १ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपाल र श्रीलंकासँगबीचको खेल वर्षाका कारण रद्द हुँदा दुबै टिमले एक-एक अंका बाँडेका थिए ।
सुपर-८ मा स्थान पक्का गर्न अब नेपालले दक्षिण अफ्रिका र बंगलादेश दुबैलाई हराउनुपर्ने हुन्छ । एक खेल मात्र पनि हारेको अवस्थामा नेपाल समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिनेछ ।
क्यारेबियन राष्ट्र सेन्ट भिसेन्टमा हुने खेलका लागि अहिले नेपाली टिम अभ्यमासमा व्यस्त छ ।
तस्बिरमा हेर्नुहोस् नेपालको अभ्यास :