२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

दम्माम भेट्रान फुटबल क्लबको नयाँ कार्यसमिति चयन

Nada
अन्जान गुभाजु
२०८१ असोज १४ गते २०:४६
Shares
दम्माम भेट्रान फुटबल क्लबको नयाँ कार्यसमिति चयन

साउदी अरबिया : साउदी अरबमा क्रियाशील नेपाली फुटबल क्लब दम्माम भेट्रान फुटबल क्लबले आफ्नो पहिलो अधिवेशन शुक्रबार होटेल पारागनमा सम्पन्न गरेको छ । कार्यक्रम क्लबका संरक्षक रोशन कुमार श्रेष्ठको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिका रूपमा साउदी अरबस्थित नेपाली दूतावास रियादका पूर्वी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान रहेका थिए ।

ncell

अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पदम महत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा अनमोल ठकुरी, उपाध्यक्षहरूमा सूर्य थापा, गोपाल बस्नेत, हरि छेत्री र दिपेन श्रेष्ठ रहेका छन् । महासचिवमा पासाङ शेर्पा, सचिवमा प्रेम भण्डारी, कोषाध्यक्षमा चित्र कुमार (सीके) राई र सह–कोषाध्यक्षमा जीवन गिरी चयन भएका छन् ।

सदस्यहरूमा मनोज दुरा, होम बहादुर थापा, ठाकुर शर्मा, राजेन्द्र श्रेष्ठ, मिलन पाटा मगर, कृष्ण लावाती, सहदेव सापकोटा, दिपेन लिम्बू, प्रकाश गुरुङ, प्रेम गुरुङ, राज लिम्बू, भरत डाँगी, राज गुरुङ, रोशन नेवार र राजु भुजेल रहेका छन् ।

No description available.

समितिको संरक्षकका रूपमा राजु शैयद र राजेन्द्र (जोन्) अर्याल चयन भएका छन् भने सल्लाहकार मण्डलमा प्रमुख सल्लाहकार रोशन कुमार श्रेष्ठको नेतृत्वमा उमेश भट्टराई, ओम घले, कुबेर हुमागाई, रामचन्द्र पौडेल, तेज अधिकारी र सुक बहादुर गुरुङ चयन भएका छन् ।

कार्यक्रममा टिम व्यवस्थापकको जिम्मेवारी गोपाल बस्नेतलाई प्रदान गरिएको छ भने टिम प्रशिक्षकको भूमिकामा प्रेम गुरुङ चयन भएका छन् । अधिवेशनमा साउदी अरबमा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर