२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

सानिमा रिलायन्स लाइफद्वारा कर्मचारीलाई तालिम प्रदान

himalayanlife
२०८१ असोज १५ गते २१:४३
Shares
सानिमा रिलायन्स लाइफद्वारा कर्मचारीलाई तालिम प्रदान

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी केन्द्रित तालिम सम्पन्न गरेको छ । आफ्ना कर्मचारीहरुको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यले कम्पनीले तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत ब्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सिपलाई कार्यस्थलमा कार्यान्वयन गर्ने, कर्मचारीहरुबीच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकास हुने विश्वास व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर