२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयताको दोस्रो स्थानमा

ADV
मध्यान्ह
२०८१ असोज १६ गते १४:४९
दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौं : नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरीयतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।

टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise