२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

ज्योति विकास बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा छुट पाउने

Nada
२०८१ असोज १६ गते २१:२६
Shares
ज्योति विकास बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा छुट पाउने

काठमाडौं : ज्योति विकास बैंक र चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच सम्झौता भएको छ । भिल्लामा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्मको छुट पाइने छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खाना, वेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

ncell

ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरुले १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत गरेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर