२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हृदयाघातका कारण पोर्चुगलमा एक नेपालीको निधन

ADV
भरत प्रधान
२०८१ जेठ ३२ गते २२:००
हृदयाघातका कारण पोर्चुगलमा एक नेपालीको निधन

लिस्बन, पोर्चुगल : वैदेशिक रोजगारीको सिलसिलामा ६ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । पोर्चुगलको बेजा अलेन्टेजोस्थित एक कृषि कम्पनीमा कार्यरत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका ३४ वर्षीय ललित पाइजाको हृदयाघातका कारण कार्यस्थलमै ढलेर निधन भएको हो ।

सोमबार दिउँसो प्लास्टिकको टनेलभित्र काम गरिरहेकै अवस्थामा एक्कासी ढलेर पाइजाको निधन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलका अध्यक्ष नर फगामी मगरले जानकारी दिए । बिहान ८ बजे काममा गएका उनी दिउँसो ३ बजे काम गर्दागर्दै एक्कासी ढलेका थिए । कार्यस्थलमै ढलेर अचेत भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । 

मृतक पाइजा माल्टा हुँदै ६ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव बेजास्थित ओडीमिरा अस्पतालको शव गृहमा राखिएको फगामीले बताए । पाइजाका श्रीमती, एक छोरी र दुई छोरा नेपालमा रहेका छन् ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउने तयारी भइरहेको फगामीले बताए । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण शव पठाउनका लागि आर्थिक संकलन शुरु गरिएको बताउँदै उनले सो कार्यमा सहयोग गर्न पोर्चुगलवासी नेपाली समुदायसँग आग्रहसमेत गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise