२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

गढीमाईमा निकालियो शोभायात्रा

Nada
राहुल गुप्ता
२०८१ असोज १७ गते २१:०९
Shares
गढीमाईमा निकालियो शोभायात्रा

बारा : बारास्थित गढीमाई पञ्चवर्षीय मेलाका लागि शोभा यात्रा शुरु भएको छ । आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबारदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

ncell

हात्ती, घोडा, उटँ, झाँकी, दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिले जनाएको छ । 

शोभा यात्रामा ५० हजार भक्तजनहरुको सहभागीता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए । 

उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्नेछ ।

शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि नहर हँुदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगेर समापन भएको मेला आयोजक समितिले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर