काठमाडौं : ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ । ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा हङकङविरुद्ध ४ विकेटको जीत निकालेको नेपालले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ । जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।
ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्डविरुद्धको खेल नेपालका लागि सहज भने छैन । नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । पछिल्लो पटक नेपाल र नेदरल्याण्डबीचको एउटा टी–२० खेल इंग्ल्याण्डको लड्र्स मैदानमा भएको थियो ।
उक्त खेल बर्षाका कारण रद्द भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies