२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

यस्ता छन् जिल्ला खेलकुद समिति बझाङले गरेका निर्णय

shivam cement
सत्यराज सिंह
२०८१ असोज २० गते २१:३६
Shares
यस्ता छन् जिल्ला खेलकुद समिति बझाङले गरेका निर्णय

बझाङ : बझाङ जिल्ला खेलकुद समितिले गत असोज १८ गते सदरमुकाम चैनपुरमा बसेको बैठकको निर्णय सार्वजनिक गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समितिले उक्त बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । बैठकले जिल्लामा खेलकुदको नाममा हुने गरेका विकृतिहरुलाई रोक्न र खेलकुदका ऐन, नियमावली, निर्देशिका र निर्णयलाई कार्यान्वयन गर्नका लागि स्थानिय तहका खेलकुद समितीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘जिल्लामा खेलकुदको नाममा हुने गरेका विकृतिहरुलाई रोक्न र खेलकुदका ऐन, नियमावली, निर्देशिका र निर्णयलाई कार्यान्वयन गर्नका निमित्त मिति २०८० माघ ३ र ४ गतेको बैठक बझाङ जिल्लाको खेलकुद विकासको महत्वपूर्ण बैठक र निर्णय रहेको स्मरण गर्दै सो बैठकका निर्णय अनुसार बझाङ जिल्लामा खेलकुदका गतिविधि अगाडी बढीरहेका छन र कार्यान्वयनमा प्रतिबद्ध छौं । त्यसैले जिल्ला खेलकुद र स्थानीय खेलकुदको स्तरअनुसारको प्रतियोगिता स्वीकृति दिने, अभिलेखीकरण गर्ने, स्तरअनुसारको स्वीकृति प्राप्त गरेका वैधानिक प्रतियोगितामा आधिकारिक तवरबाट भाग लिने, आयोजना गर्ने, स्वीकृतिबिना आयोजना हुने प्रतियोगिताहरुमा आधिकारिक तवरबाट भाग नलिने र आयोजित प्रतियोगिताको स्तर अनुसारको टिम र खेलाडीहरु सहभागी गराउने तसर्थः १२ वटै स्थानीय खेलकुद र जिल्ला भरीका खेलाडीहरुलाई सकारात्मक भन्दा नकारात्मक असर बढी पर्ने भएकाले बझाङ जिल्लाका सबै स्थानीय तहले स्तर अनुसारका टिमहरु तयार पार्ने, स्तर टिम अनुसारका खेलाडीहरु टिममा समावेश गर्ने र अन्य स्थानवाट खेलाडीहरु ल्याएर टिममा समावेश नगर्ने ।’

बैठकले ३ बुँदे निर्णय गरेको जिल्ला खेलकुद समिति बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिए । समितिले १०औं राष्ट्रिय प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगितामा सहभागिता जनाउनका लागि जिल्ला छनोट प्रतियोगितामा १२ वटै स्थानीय खेलकुद समितिले आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका खेल्न अनुरोध समेत गरेको छ । जिल्लामा आयोजित “१५औं बझाङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१” लाई खेलकुद महोत्सवको रुपमा सभ्य र भव्यका साथ आयोजना गर्ने समितिले निर्णय गरेको छ ।

प्रतियोगितामा खेलाडी टिम इभेन्ट्स सहभागिता र पदक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (संशोधन) अनुसार आयोजना गर्ने, उमेरको हकमा जन्मदर्ता कक्षा ८ र एसइइको प्रमाणपत्रको प्रतिलिपि पेसका साथ विद्यालय स्तर छनोट प्रक्रियामा नै अनिवार्य फारम भर्नुपर्ने, सो आयोजित रनिङ शिल्ड प्रतियोगिताको पूर्वतयारीका लागि १२ वटै स्थानीय खेलकुद समितिले सम्बन्धित स्थानीय तहभित्र रहेका सबै विद्यालयहरुलाई चाडो भन्दा चाडो पत्रचार गर्न निर्देशन दिएको हो । जिल्ला खेलकुद समितिका अध्यक्ष रोकायाले जिल्लामा आयोजना गरिएका खेलकुदका कार्यक्रमहरु अवैधरुपमा आयोजना हुने गरेकाले खेलकुद नियमावलीलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । 

सम्बन्धित खबर