– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
पहिले आगोको आविष्कार भएको थिएन, अरणिमन्थन गरी हाम्रा वेद पुरुष, ऋषि महर्षिहरुले आगो निकाले, यसको प्रयोग पनि गरे । आजको विज्ञानले सौर्य ऊर्जा पयोग गरेको छ, जलविद्युत्को पनि । विज्ञानले ऊर्जा २ प्रकारको बताएको छ पाटेन्सियल र काइनेटिंक । बचत ऊर्जा पोटेन्सियल हो भने चालु ऊर्जा काइनेटिक हो । अध्यात्म ऊर्जा पानीको बाँध पोटेन्सियल हो भने त्यसबाट विजुली उत्पादन काइनेटिक हो । इनधन पोटेन्सियल हो भने त्यसबाट मेसिन सन्चालन काइनेटिक हुन्छ ।
अध्यात्मक्षेत्रमा प्रकृति भनियो, विज्ञानले जलबाट ऊर्जा, तापबाट ऊर्जा अन्य प्रविधिबाट ऊर्जाको प्रयोग गरिरहेको छ । ऊर्जा भन्नु शक्ति नै हो, सम्पूर्ण रुपमा दशैंको विज्ञान भन्नु शक्तिको उपासना नै हो । धार्मिक, आध्यात्मिक रुपमा हेर्दा ज्ञान भनौँ मस्तिष्ककोे प्रतिक सरस्वती, शक्तिको प्रतिक काली र शक्ति सन्चालनको प्रतिक लक्ष्मी उपासनाको समष्टि नै दशैं हो र यो असत्य माथि सत्यको विजय उत्सव पनि हो । सृष्टि भनौँ सिर्जनामा सरस्वती, संरक्षणमा लक्ष्मी र संहारमा काली त्रिदेवीको समष्टि भन्नु दशैं हो । यी त्रिदेवी सामु सबै ब्रह्माण्ड बच्चाको एक खेलौना समान छ, त्यसैले देवी भागवतको पहिलो वन्दनामै यी देवीले सर्जक ब्रह्मा, रक्षक विष्णु र संहारकारी रुद्रलाई शक्ति दिने यिनैलाई प्रारम्भिक वन्दना गरिएको छ । तमाम स्वर, वर्ण, अलंकार, शब्द, भाषा, साहित्य यी त्रिशक्ति बिना अधुरो रहन्छ, वाणी यसको विम्व हो । शब्दालंकार बिना संसारको सन्चालन असम्भव छ । हाम्रो देश धार्मिक हो, आध्यात्मिक हो, सांस्कृतिक हो, वैदिक र वैज्ञानिक हो, त्यसैले यस्तो शक्तिको अग्रपूजा, उपासना हुन्छ, त्यसले मानाव जीवनलाई पूर्णता पनि दिन्छ । आज विज्ञानले संसारमा जे गर्न खोजेको छ, त्यसको आधार प्रकृति हो, शक्ति हो र ऊर्जा हो । सुर र असुर भनौँ ज्ञान र अज्ञानताको द्धन्दले नै दशैं पर्व शुरु भएको छ र यो आज होइन शुरु भएको सत्य युगदेखि नै हो । देवीप्रति असुरहरु जाइलाग्दा ज्ञानका प्रतिक देवताहरुले ढाडस दिएर देवीको दैवी ऊर्जा भरपूर प्रयोग गरिएर असुरहरुलाई संसारबाट भगाइएको खुसियालीमा गरिएको हर्ष बढाइँ नै दशैं हो, शुभ विजया हो, रातो जमरा हो, दहीअक्षताको टिका हो, मंगलसूचक शुभकामना वितरण हो ।
दशैंमा ज्ञानकी प्रतिक महासरस्वतीको उपासना हुन्छ, शक्ति भनौँ विज्ञान बा ऊर्जाको प्रतिक कहाकालीको उपासना हुन्छ, धनकी प्रतिक महालक्ष्मीको पनि । ज्ञान, धन अनि मस्तिष्कमा भएको विचारको शक्तिले नै आजको ब्रह्माण्ड सन्चालित छ, वैज्ञानिकहरुले यसको भरपूर प्रयोग गरेका छन्, मानव जीवन सार्थक र सुन्दर पनि बनाएका छन् । तर त्यो ज्ञान सिकाउने हामी गुरु राष्ट भने सुनको कचौरा लिएर भीक्षा माग्दैछौँ । यहाँका मानिसलाई न दशैं आएर सुख छ, न अन्य चाडवाड । बेरोजगारहरुको दुःख र पिडा अनि कमाइ नहुनेहरुका लागि कुनै चाड राम्रा हुन सकेका छैनन् ।
दशैंमा देवीको मात्र उपासना हुन्न, ज्ञानका प्रतिक रामको जस्तो बैभवको कामना, नहुषको जस्तो श्री, बलरामको जस्तो बल, दशरथको जस्तो ऐश्वर्यको कामना गरिन्छ भने अश्वत्थामाको जस्तो आयु, युधिष्ठिरको जस्तो सत्यवादिताको कामना गरिन्छ, वायुको जस्तो अविरल गतिको कामना पनि । त्यस्तो आशीर्वाद दिन सक्ने खुवी देवी उपासकमै हुन्छ भन्दै शास्त्रहरुले देवीको दशैंमा खुलेर पूजाआजा गर्नु भनेको र दुर्गा भनेको किल्ला हो, कवच् हो, सुरक्षा हो, कब्जा हो, देवी कवच्बाट देवी उपासना गरेर शक्ति सन्चय गर्ने यसका लागि देवीले धर्तीमा अवतरण गरेको दिन पारेर अष्टमीको अझ बढी साधना गर्ने भनेको हो । साधना ३ किसिमको हुन्छ र सात्विक साधना मानिसको काम हो, राजसी साधना र तामसी साधनामा हिँसा र बलि दिइए पनि या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता नमस्तस्स्यै नमस्तस्यै नमस्तस्यै नमोनमः भनी प्रार्थना गरिने भएको र यसको सामान्य अर्थ हे देवी तिमी हरेक प्राणीकी माता भएकीले आप्mनो सन्तान सम्झेर बचाऊ, रक्षा गर बल देऊ भन्ने रहेकाले आमाले आप्mना बच्चालाई काखमा राखेर बलि रक्ताम्ये पार्न रुचाउँदिनन् भन्ने अर्थ बुभ्mनु पर्ने र खासमा बलि दिने भनेको मानिसको क्रोध, हिँसा, तनाव, आवेग, तमाम विकृतिको बलि दिने भनिएको हो र सात्विक साधकहरुले बलि नै दिए पनि मूला, घिरौँलो, कुभिण्डो, नरिवल दिने गरेका हुन् । र जसले प्राणीको बलि दिए पहिले तिनले प्राणीको पुनर्जन्म पनि दिन सक्थे, अहिले हामी कसैको पनि पुर्जीवन दिन सक्दैनौँ, त्यसैले सकेसम्म दशैं सात्विक हुनु पर्ने मान्यता हो ।
यद्यपि निशान पूजा, विश्वकर्मा पूजा भन्दै सवारीसाधनको पूजा गर्दा बा दशैंका देवी शक्ति पीठहरुमा पशु पन्छी बध गर्दै रगतको आहाल नदेखिएको भने होइन, यसलाई कतिपय परम्पराको पनि रुपमा हेरिएको हुनुपर्छ । र सबै परम्परा निन्तर चल्नु पर्छ भन्ने पनि छैन, सकेसम्म हिँस्रक नभएकै राम्रो हो । जमरा कोठामा नरिवलको बलिले पूजा उपासना गर्ने पनि हामी धेरै नै छौँ । मांसाहार नगर्नेको संख्या पनि धेरै भइसकेको छ, हामी लामा र हतियार सरहका नँग्रा भएका प्राणी पनि होइनौँ, हाम्रा आहार पोषणयुक्त अरु धेरै छन् पनि । भेज् हुँदैमा निराश हुनु पर्ने अबस्था छैन र जसले वेदको विज्ञान बनायो ऋषि, महर्षिहरुले तिनले त केवल वायुमा भएको अक्सिजन पिएर मात्रै पनि लामो समय जिए, दीर्घजीवी पनि भए, कतिपयले त स्वेच्छिक मरणको अवसर पनि पाए ।
र अन्त्यमा दशैंको शुभकामना अर्पण गर्न चाहन्छु । स्वस्त्यस्तुते कुशलमस्तु चिरायुरस्तु गोभाजिहस्तीसहितां धनधान्यमस्तु । ऐश्वर्यमस्तु बलमस्तुरिपुक्षयोस्तु सन्तानवृद्धिसहितांहरिभक्तिरस्तु ।। अर्थात् यहाँहरुमा सदा कल्याण होस्, कुशल मंगल रहोस्, चिरायु रहोस् जीवन, हात्ती, घोडा, पशुधन लगायत ऐश्वर्यको वृद्धि होस्, धन धान्यको वृद्धि र सन्तति पनि बढून्, हरपलको जीवन हरिमय होस्, ईश्वरमय होस्, दुर्गाभवानीले सधैँ कल्याण गरुन्, विजया दशमी २०८१ को शुभकामना । मध्याह्न राष्टिृय दैनिक परिबार, यसको टि भि च्यानल र यसलाई हेर्ने पढ्ने, माया गर्ने आम पाठक, दर्शक, विज्ञानपन दाता सबैलाई एकमुष्ठ शुभकामना छ ।