२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

दशैं तिहारमा दोलखा ट्राफिक प्रहरीको सक्रियता : सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

Nada
राजकुमार भुजेल
२०८१ असोज २१ गते १५:१०
Shares
दशैं तिहारमा दोलखा ट्राफिक प्रहरीको सक्रियता : सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

दोलखा : दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय दोलखाले यात्रु सहायता कक्ष स्थापनासहित सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ । चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि जिल्लाको खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी ,जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइमकार्ड लागू गरिएको हो ।

ncell

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट (२२ कि.मी) कम्तीमा १ घण्टा, चरिकोट–किर्नेटार (३९ कि.मी) कम्तीमा १ घण्टा ३५ मिनेट, चरिकोट–जिरी (५६ कि.मी) कम्तीमा २ घण्टा १५ मिनेट र चरिकोट–सिँगटी (३९ कि.मी) का लागि कम्तीमा पनि १ घण्टा ३५ मिनेटको समय तोकिएको छ ।

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्नेको लागि ट्राफिक सहायता कक्ष स्थापना गरेको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डीएसपी) युवराज खड्काले  बताए । काठमाडौंबाट प्रवेश गर्ने पहिलो खरिढुङ्गा सहायता कक्ष सोमबार जिल्ला प्रमुख अधिकारी टुवाराज पोख्रेलले गरे ‌। यात्रु सहायता कक्षमार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए ।‌

गत असोज ११ र १२ गते आएको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न भिन्न पक्कि पुलहरू बगाउँदा दोलखा हुँदै काठमाडौं आउने जाने रामेछाप, मन्थली, सोलुखुम्बुलगायतका सवारीसाधन दोलखा हुँदै जाँदा सवारीसाधनको चाप बढेको छ ।

सहायता कक्ष उद्घाटन कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाईं, भिमेश्वर नगरपालिका-९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ, स्थानीय, सवारी चालकलगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर