२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

हाडेकोट खानेपानीको काम अन्तिम चरणमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज २३ गते १९:४२
हाडेकोट खानेपानीको काम अन्तिम चरणमा

अर्घाखाँची : अर्घाखाँचीको गौरवको खानेपानी योजनाअन्तर्गत छत्रदेव गाउँपालिकामा झण्डै २१ सय घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गर्ने गरी बृहत् खानेपानी अयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

अर्घाखाँचीकै नमुना योजनाका रूपमा रहेकोे हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय रामबहादुर रानाले जानकारी दिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले निर्माण कार्य तीव्र बनाएपछि छत्रदेव गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ अर्थात साविक चिदीका, बल्कोट, केरुंगा र छत्रगञ्ज गाविसका झण्डै ९ हजार स्थानीय लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए ।

छत्रदेव गाउँपालिका अर्घाखाँचीमा सबैभन्दा धेरै खानेपानीको समस्या भएको पालिका हो । यस ठाउँका स्थानीय एक गाग्रो पानी ल्याउन घण्टौं लगाएर पँधेरोमा धाउनुपर्ने बाध्यता रहेकोमा अब खानेपानीको समस्या समधान हुने भएको छ ।

छत्रदेव गाउँपालिकाको पूर्वमा रहेको वडा नम्बर १ चिदीकादेखि छत्रगञ्जसम्मका ५ वटा वडाका झण्डै २१ सय घरपरिवार लाभान्वित हुने वरिष्ठ निर्माण व्यवसायी राजकुमार बिडारीले जानकारी दिए ।

निर्माणाधीन बृहत् पम्पिङ खानेपानी योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको आर्थिक सहयोगमा बिडारी निर्माण सेवाले ठेक्का सम्झौता गरी काम शुरु गरेपछि अहिलेसम्म झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको युवा व्यवसायी तथा बिडारी निर्माण सेवाका डाइरेक्टर राजकुमार बिडारीले बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको ३० करोड २२ लाखको लागतमा खानेपानी योजनाको ठेक्का सम्झौता भएको र सोहीअनुसार सागर बिडारी निर्माण  सेवाले निर्माण कार्य अगाडि बढाएको आचार्यले बताए ।

२०८१ फागुन ३० गतेभित्र योजनाको काम सम्पन गर्ने गरी २०७९ साल चैत १ गते सम्झौता भएकोमा सम्झौता अगावै योजनाको काम सम्पन्न गर्ने गरी आफूले काम गरिरहेको बिडारीले बताए । योजना निर्माण शुरु भएको १८ महिनाको अवधिमा झण्डै ७०  प्रतिशत भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनीयर आचार्यले जानकारी दिए । वित्तीय प्रगति ६० प्रतिशत भइसकेको आचर्यको भनाइ छ । २ स्टेज पम्पिङ रहेको यो योजनामा कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गर्ने र त्यस स्थानमा पानी प्रशोधित भइसकेपछि मौलीपोखराको ६० घन मिटरको ट्यांकीमा पानी जान्छ । मौलीपोखराको ट्यांकीबाट सिधै कोटमा रहेको १ सय २० घन मिटरको ट्यांकीमा पानी खसालेपछि त्यहाँँबाट ५ वटा वडाका विभिन्न स्थानमा बनेका टं्याकीमा पानी लैजाने गरी काम अगाडि बढेको इन्जिनीयर सुदीप ज्ञवालीको भनाइ छ । 

खानेपानी आयोजनामार्फत झण्डै २१ सय घरधुरीमा एक घर एक धारा बन्ने भएपछि सबै उपभोक्ताहरू खुसी भएको हाडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका उपाध्यक्ष हरि खनालले जानकारी दिए ।

जिल्लाकै गौरवको योजनाका रूपमा रहेको यो योजना सम्पन्न भएपछि बिहानै उठेर घण्टौं लगाएर पँधेरोबाट पानी ल्याउने बाध्यता पनि हट्ने भएपछि सबै उपभोक्ता खुसी भएको उपभोक्ता समितिका उपाध्यक्ष हरिप्रसाद खनालको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीले गुल्मी, पाल्पा, अर्घाखाँचीका धेरै योजनाहरु सम्पन्न गर्न लागेको छ । निर्माण कम्पनीहरुले काम पूरा गरेपनि सरकारले   कामअनुसारको पैसा व्यवसायीलाई भुक्तानी गर्न नसक्दा व्यवसायीहरु निकै मर्कामा परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise