२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

नेपाल कीर्गिस्तानसँग पराजित

ADV
मध्यान्ह
२०८१ असोज २५ गते ०७:०५
नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौं : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । 

श्रीलङ्काको कोलम्बोमा सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । शुरुवाती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्‍यो । नेपालले २५–२१, २५–२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल कीर्गिस्तानसँग १७–१९ ले पछि पर्‍यो र अन्तत नेपालले हार व्यहोर्‍यो ।

नेपालले चार खेलमा सात अङ्क जोडेको छ ।  यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो । यता कीर्गिस्तानको चार खेलबाट चार अङ्क छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय व्यहोरेको कीर्गिस्तानले श्रीलङ्काविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।

अब नेपालले लिग चरणको आफनो अन्तिम खेलमा तुर्केमेनिस्तासँग खेल्नेछ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise