२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

हरेक वर्ष बम नहरमा बाढी आउँदा सडक अवरूद्ध, स्थानीय समस्यामा

Nada
इसत्याक अहमद
२०८१ असोज २७ गते २१:०२
Shares
हरेक वर्ष बम नहरमा बाढी आउँदा सडक अवरूद्ध, स्थानीय समस्यामा

रौतहटः रौतहटको राजपुर नगरपालिकाअन्तर्गत पर्ने बम नहरमा आउने बाढीका कारण सडक पटक–पटक भत्किदा स्थानीय समस्यामा परेका छन्। हरेक वर्ष बाढीको कारणले सडक, खेती र आसपासका घरहरूमा पानी पसेर जनजीवन प्रभावित हुँदै आइरहेको हो । यस समस्याको समाधानका लागि अहिले मर्मत कार्य अघि बढेको राजपुर नगरपालिकाले जनाएको छ । 

ncell

स्थानीय वुद्धिजीवि र युवाहरूले मर्मतकार्यका बीचमा आवतजावतमा अवरोध नआओस् र स्थानीय जनताले सुरक्षित महसुस गर्न सकुन् भनि सडक छेउको बम नहर मर्मतका क्रममा डाइभर्सन (पानी निकासको वैकल्पिक मार्ग) निर्माणको माग गरेको पनि नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष बाढीका कारण सडक भत्किँदा पानी स्थानीयको घरमा प्रवेश गर्ने समस्या बढ्ने हुँदा यसलाई दीर्घकालीन समाधानको लागि कदम उठाउनुपर्ने उनीहरूको माग छ । राजपुर नगरपालिका वडा ३, र , ८, ९ बाढीको जोखिम रहेको छ । 

सम्बन्धित खबर