२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

दोलखाका इन्स्पेक्टर महतोलाई ‘उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन’ पुरस्कार

Nada
राजकुमार भुजेल
२०८१ असोज ३० गते १२:०५
Shares
दोलखाका इन्स्पेक्टर महतोलाई ‘उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन’ पुरस्कार

दोलखा : दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोलाई ‘उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको छ । मंगलबार काठमाडौँमा ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन महतो उक्त पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

ncell

इन्स्पेक्टर महतोलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र दिँदै पुरस्कार प्रदान गरेका थिए । इन्स्पेक्टर महतो गत ११ र १२ गते आएको अविरल वर्षाका कारण जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटेका थिए । 

उनले त्यति मात्र नभई लागुऔषधसम्बन्धी तथा बिक्री वितरणका अभियुक्तलाई समेत नियन्त्रणमा लिन सफल हुदैँ आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर